घर जग्गा धितो राखेर ऋण लिन थप कडाइ, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कर्जामा कडाइ गरेको छ ।

बुधबार संशोधित एकीकृत निर्देशिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले घर जग्गा धितो राखी लिने कर्जामा सीमा घटाएको हो ।

जसअनुसार घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा र सोको धितो सुरक्षितमा फेयर मार्केट भ्यालु अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा अधिकतम ४० प्रतिशत कायम गर्नुपर्नेछ ।

अर्थात्, घर जग्गा धितो राखी कर्जा लिने ग्राहकले १ करोड रुपैयाँ मूल्य पर्ने घर जग्गा धितो राख्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० लाख रुपैयाँ र अन्य स्थानमा बढीमा ४० लाख रुपैयाँ कर्जा पाउनेछन् । यसअघि यो व्यवस्था काठमाडौं उपत्यकाको हकमा ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत थियो ।


क्लिकमान्डु