बैंकले नयाँ कर्मचारीलाई एक महिनाभित्र २ हप्ते तालिम दिनैपर्ने



काठमाडौं । बैंकले नयाँ कर्मचारीहरुलाई नियुक्त भएको एक महिनाभित्र २ साताको तालिम प्रदान गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको एक महिनाभित्र कम्तीमा दुई हप्ताको अभिमुखिकरण तालिम प्रदान गर्नुपर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले अन्य कर्मचारीहरुलाई भने कार्यक्षेत्रसँग सम्बन्ध्ति तालिम प्रत्येक २ वर्षमा कम्तीमा एक पटक प्रदान गर्नु पर्नेछ । तर ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीहरुलाई भने विशिष्टिकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायत विवरण संस्थाको वेवसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नुपर्नेछ ।


क्लिकमान्डु