सूचना प्रविधि उद्योगले बेसरेटमा थप २ प्रतिशत प्रिमियममै कर्जा पाउने
काठमाडौं । सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माणका लागि निजी क्षेत्रले बेसरेटमा थप २ प्रतिशत प्रिमियममै कर्जा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
अब निजी क्षेत्रले सूचना प्रविधि तथा औद्योगिक क्षेत्र निर्माणमा बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशत प्रिमियममै कर्जा पाउने भएका हुन् ।
बैंकहरु कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदरमा बेसरेट निर्धारण गरेका हुन्छन् । जसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम निर्धारण गरी ब्याज तोक्छन् । तर अब यी क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा बेसरेटमा थप २ प्रतिशितमात्रै प्रिमियम निर्धारण गर्न पाइनेछ ।