पहिरोका कारण त्रिभुवन राजपथमा रात्रि सेवाका बस सञ्चालनमा रोक



काठमाडौं । लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

त्यससँगै पूर्वबाट काठमाडौँतर्फ आउने रात्रि सेवाको बसलाई त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आउन अनुमति नदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करिब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जान अनुमति दिएको बताए ।

प्रवक्ता कार्कीले धादिङको नौबिसेको प्रहरीले काठमाडौँबाट आज बिहान पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौँबाट आएको मिनी ट्रक, ट्रक, पालुङबाट हेटौँडा आउने सवारी साधनलाई मात्रै सञ्चालन ल्याउन अनुमति दिएको बताए ।


क्लिकमान्डु