एक सातामा घट्यो बैंकको २८ अर्ब निक्षेप, घट्दै कर्जा लगानी



काठमाडौं । एक साताको अवधिमा वाणिज्य बैंकमा २८ अर्ब निक्षेप घटेको छ । साउन दोस्रो साता बैंकको निक्षेप मात्रै नभएर कर्जा प्रवाह पनि घटेको छ ।

बैंकर्स संघका अनुसार एक साताको अवधिमा निक्षेप २८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सिमित भएको छ । साउन पहिलो साता बैंकको निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । दोस्रो सातामा आइपुग्दा ४४ खर्ब ५० अर्ब रुपैयाँमा सिमित भएको छ ।

एक सातामा बैंकबाट प्रवाह हुने कर्जा १ अर्बले घटेको छ । साउन ६ गतेसम्म ४१ खर्ब ६५ अर्ब कर्जा लगानी गरेका बैंकले साउन १३ गतेसम्म आइपुग्दा कर्जा १ अर्बले घटेर ४१ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ । साउन १३ गतेसम्म वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात ८७.९८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु