एनसीएचएलमा खुल्यो १४ पदमा १७ जनाको आवेदन



नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा १४ पदमा १७ जनाका लागि आवेदन खुला गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘भुक्तानी प्रणाली सञ्चालक’को कार्य गर्न अनुमतिप्राप्त संस्था एनसीएचएलले विभिन्न प्राविधिक पदका लागि आवेदन माग गरेको हो ।

एनसीएचएलले सफ्टवेयर डेभलपमेन्ट हेड, जाभा डेभलपर (फुल स्टक), जुनियर जाभा डेभलपर, जुनियर आइओएस डेभलपर, क्युए इन्जिनियर, स्ट्राटेजी एण्ड रिसर्च अफिसर र बिजुनेस डेभलपमेन्ट एक्जुकेटिभ पदमा आवेदन माग गरेको छ ।

त्यसैगरी, सेक्युरिटी एनालिष्ट (एसओसी), रिक्स एण्ड कम्प्लाइस एक्जुकेटिभ, टेक्निकल सपोर्ट (इन्फ्रास्टक्चर), सिनियर एनालिष्ट–इनोभेसन, एनालिष्ट–इनोभेसन, सर्पोट एनालिष्ट÷एक्जुकेटिभ र एक्जुकेटिभ–फाइनान्स÷एड्मिन पदमा आवेदन माग गरेको छ ।

संस्थाका अनुसार यी पदका लागि अगष्ट १० तारिकसम्म आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु