एनआईसी एशिया क्यापिटलले ५५% लाभांश दिने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले भदौ ८ गते छैटौ साधारणसभा बोलाएको छ । उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को सच्चालक समितिको बार्षिक प्रतिवेदन पेश गर्ने, चुक्ता पुँजीको ५५ प्रतिशत (करसहित) नगद लाभांश दिने प्रस्ताव पेश गरिने छ ।

उक्त प्रस्ताव सभाले पारित गर्ने क्यापिटलले जनाएको छ । क्यापिटलको साउन १५ गते सम्पन्न सञ्चालक समितिको बैठकले भदौ ८ गते क्यापिटलको कार्यालय थापाथलीमा बिहान ९ बजे सभा बोलाएको छ ।


क्लिकमान्डु