इन्जिनमा खराबी देखिएपछि यति एयरलाइन्सको विमान ६ मिनेटमै नै अवतरण



पोखरा । पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।

यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । बिहान ८ः४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।-रासस


क्लिकमान्डु