आशा लघुवित्तले कमायो १२ करोड ३५ लाख नाफा



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १२ करोड ३५ लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ०.४४ प्रतिशतले मात्रै बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले १२ करोड ३० लाख ३५ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले ३१ करोड ७५ लाख ९५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १९.४७ प्रतिशतले धेरै हो ।

अघिल्लो आवमा कम्पनीले २६ करोड ५८ लाख ३१ हजार रूपैयाँ खुद ब्याज आम्दानी थियो ।

त्यस्तै, लघुिवत्तको कुल सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा १९.८७ प्रतिशतले बढेको छ । गत आवमा संस्थाले ४२ करोड ३६ लाख ८८ हजार रूपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाको यस्तो आम्दानी ३५ करोड ३४ लाख ७० हजार रूपैयाँ मात्रै थियो ।

संस्थाको सञ्चालन नाफा भने अघिल्लो आवको तुलनामा ३.८९ प्रतिशतले घटेको छ । गत आवमा संस्थाको सञ्चालन नाफा १८ करोड ७२ लाख ६७ हजार रूपैयाँ छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा अघिल्लो आवमा १९ करोड ४८ लाख ४६ हजार रूपैयाँ रहेको थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको सापटी २६.१३ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ४८ लाख ६५ हजार रूपैयाँ पुगेको छ । गत आवमा संस्थाको निक्षेप ३४.६२ प्रतिशत र कर्जा ३०.९९ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु