नेपाल बैंकले ल्यायो डबल धमाका मुद्दति योजना
काठमाडौं । नेपाल बैंकले मुद्दति निक्षेपमा डबल धमाका योजना ल्याएको छ ।
व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष २ महिना २० दिनमा दुई गुणा हुने छ ।
संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ६ बर्ष ११ महिना २ दिनमा दुईगुणा हुने छ ।
मुद्दती खाता खोल्ने ग्राहकहरुले रु ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।