भारतमा एक मन्त्रीको भ्रष्टाचार प्रकरणः ‘मिनी बैंक’ फ्ल्याटमा भेटियो ४८ करोड भारु



एजेन्सी । भारतको पश्चिम बंगाल राज्यका उद्योगमन्त्री पार्थ चटर्जी भ्रष्टाचार काण्ठमा मुछिएका छन् । शिक्षक भर्ती भ्रष्टाचार प्रकरणमा मुछिएको पाँच दिनपछि चटर्जीलाई मुख्यमन्त्री ममता बेनर्जीले बर्खास्त गरेकी छन् ।

चटर्जीले आफ्ना नजिकको नातेदार अर्पिता मुखर्जीको दोस्रो घरबाट २० करोड भारु नगद बरामद गरेको छ । यसअघि गत २२ जुलाईमा मुखर्जीको अर्को घरबाट २७.९ करोड भारु नगद बरामद गरेको थियो ।

नगद भेटिएपछि गिन्तीका लागि कैयन मेसिनहरु मगाइएको थियो । मुखर्जीको फ्ल्याटमा २ हजार र ५०० भारुका नोटहरुको कैयन बण्डल भेटिएका थिए ।

सरकारी अधिकारीहरुले बुधबार २७ जुलाईमा मुखर्जीको बेलघरिया टाउन क्लबस्थित फ्ल्याटमा छापा मारेका थिए । जाँच एजेन्सीहरुले उक्त फ्ल्याटबाट ३ केजी सुन समेत बरामद गरेका छन् । जसको बजार मूल्य २ करोड भारु बताइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार एक सरकारी अधिकारीका अनुसार मुखर्जीको फ्ल्याटमा प्रवेश गर्नका लागि ढोका फोरिएको थियो ।

सरकारी अधिकारीहरुले हाल मुखर्जीका दुबै घरमा सिलबन्दी गरेको छ भने मुखर्जीका नाममा नोटिस पनि टाँसिएको छ ।

अर्पिता मुखर्जीले भेटिएका सबै रकम मन्त्री चटर्जीको भएको बताएकी छन् । उनले ती सबै पैसा मन्त्री चटर्जीको भएको र आफूलाई यति धेरै रकम भएको बारेमा कुनै जानकारी नभएको अधिकारीहरु समक्ष बयान दिएकी छन् ।

सरकारी अधिकारीहरुले मन्त्री चटर्जीले अर्पिता मुखर्जीको घरको घरलाई मिनी बैंकका रुपमा प्रयोग गरिरहेका थिए ।

उक्त भ्रष्टाचार प्रकरणमा ग्रुप सी तथा डी के नन–टिचिङ स्टाफ, क्लास ९–१२ का टिचिङ स्टाफ तथा प्राइमरी स्कुलको शिक्षकको अवैध तरिकाले भर्ती गरेको प्रकरणसँग जोडिउको छ । सरकारी अधिकारीहरुले सम्पत्ति शुद्धिकरणको कानून अनुसार पनि जाँच गरिरहेका छन् ।

मन्त्री चटर्जीलाई करिब २४ घण्टासम्म सोधपुछ गरेपछि २३ जुलाईमा पक्राउ गरिएको लथियो । उक्त भ्रष्टाचार हुने समयमा मन्त्री चटर्जी पश्चिम बंगालमा शिक्षामन्त्री थिए ।

अहिले अर्पिताका साथै अन्य नजिकका आफन्तहरुसँग पनि सोधपछ शुरु गरिएको छ ।

मन्त्री चटर्जी सन् २०११ देखि लगातार मन्त्री पदमा थिए । उनी सन् २००६ देखि २०११ सम्म बंगाल विधानसभामा प्रतिपक्षी नेता थिए । पार्थसँग हाल उद्योग, वाणिज्य तथा संसदीय मामिलासम्बन्धी जोडिएका मन्त्रालयको जिम्मेवारी थियो ।


क्लिकमान्डु