सेयर लगानीकर्तालाई क्षतिबाट बचाउन कोष सञ्चालन गर्ने धितोपत्र बोर्डको घोषणा



काठमाडौं । धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई क्षतिबाट बचाउनको लागि कोष सञ्चालन गर्ने घोषणा गरेको छ ।

बोर्डले आर्थिक बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै क्षतिपूर्ति कोष सञ्चालनमा ल्याइने घोषणा गरेको हो ।

बोर्ड अध्यक्ष रमेश हमालले यसको लागि चालु आर्थिक वर्षमा कानूनी आधार तयार पार्ने बताए ।

धितोपत्र बजारको दायरा बढाउने, बुक बिल्डिङलाई प्रभावकारी बनाउन अटोमेटिक अक्सन सिस्टम लागू गर्ने योजना बोर्डले बनाएको छ ।

५ अर्ब भन्दा बढिको कारोबार गर्ने कम्पनीलाई आइपीओ अनिवार्य हुने कानूनी बनाउने तथा नयाँ ब्रोकर थप्ने योजना रहेको हमालले बताए ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले लगानी गर्न सक्नेगरी सि आश्वाको व्यबस्था गर्ने, एनआरएनएले लगानी गर्न सक्ने ढोका खोल्ने बताए ।

हमालले बोर्डको जग्गा प्राप्तिको कार्य अघि बढाउने जानकारी दिए ।


क्लिकमान्डु