राष्ट्र बैंकले रिपो मार्फत् ३० अर्ब तरलता बजारमा पठाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपो मार्फत् ३० अर्ब रुपैयाँ बराबरको तरलता बजारमा पठाउने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकसातासम्मको लागि ३० अर्ब रुपैयाँ रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरणलाई रिपो भनिन्छ ।

राष्ट्र बैंकले बजारमा तरलता अभाव भएको बेला रिपो जारी गर्ने तथा बढी भएको बेला रिभर्स रिपो जारी गरेर पैसा खिच्ने गर्छ ।

अहिले बैंकहरुले स्थायी तरलता सुविधा(एसएलएफ)बाट व्यवस्थापन गरेका छन् ।


क्लिकमान्डु