एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ निष्कासन गर्ने



काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ निष्कासन गर्ने भएको छ ।

साउन २६ गतेदेखि निष्कासन गर्न लागेको १२ करोड इकाईमध्ये १ करोड ६८ लाख कोष प्रवर्दधक एनएमबि बैंक र १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको १० करोड २० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले अवोदन दिन सक्नेछन् ।

फण्डमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ । प्रतिइकाई १० रुपैयाँका दरले १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।


क्लिकमान्डु