एभरेष्ट बैंकको नाफामा उल्लेख्य सुधार, लाभांश दिन सक्ने क्षमता ४१% बढी



काठमाडौं । गत आर्थिक वर्षमा एभरेष्ट बैंकले २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म आइपुग्दा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेको छ ।
अघिल्लो असार मसान्तमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै बैंकको नाफा भन्दा पनि वितरणयोग्य नाफा रहेको छ । बैंकले असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ८९ करोड ५४ लाख ५४ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था हेर्दा बैंकको नाफा दिन सक्ने क्षमता ४१.१४ प्रतिशत भन्दा बढी रहेको छ ।
अघिल्लो असार मसान्तको तुलनामा गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको उल्लेख्य सुधारले नाफा बढाउन सहयोग गरेको देखिएको छ ।

अघिल्लो असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ९५ करोड ६३ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत असार मसान्तमा आइपुग्दा ५ अर्ब ४२ करोड ५९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ५४ करोड ८४ लाख ८ हजार रुपैयाँ आर्जन गरेकोमा असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ६३ करोड ९६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा बैंकको अधिकांश वित्तीय सूचक निकै राम्रो देखिएको छ । बैंकको जगेडा कोष पनि निकै बलियो देखिएको छ । ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९ करोड २९ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैकको खराब कर्जा भने ०.१२ प्रतिशतबाट बढेर ०.२४ प्रतिशत पुगेको छ ।
२७ रुपैयाँ ०१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ ।


क्लिकमान्डु