१८ दिनमा ८ पटक प्राविधिक खराबी देखिएपछि भारतीय विमान कम्पनी स्पाइसजेटका आधा उडान कटौती

189
Shares

भारतीय विमान कम्पनी स्पाइसजेटको उडानमा लगातार प्राविधिक खराबी देखिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले आधा उडान कटौती गर्ने निर्णय गरेको छ । कम्पनीमा विमानमा पछिल्लो १८ दिनमा ८ पटक प्राविधिक खराबी देखिएपछि निर्देशनालयले उक्त सूचना जारी गरेको हो ।

जसमा अब अर्को सूचना नभएसम्मका लागि कम्पनीका आधा मात्रै उडान हुनेछन् । भारत सरकारले त्यहाँको राज्यसभामा जवाफ दिँदै निर्देशनालयले विमानहरुको स्पट चेकिङ गरेको बताएको थियो ।

भारतका नागरिक उड्डयन मन्त्री वीके सिंहले राज्यसभालाई दिएकाे जवाफमा निर्देशनालयले ९ जुलाईदेखि १३ जुलाइका बीच ४८ स्पाइसजेट विमानमा ५३ पटक चेक गरेकाे थियाे । जसमा कुनै ठूलो सुरक्षा उल्लंघन नभएको पाइएको थियो ।

गत ५ जुलाईमा स्पाइसजेटलाई पठाइएको स्पाइसजेट विमानको आयल इन्डिकेटरमा खराब देखिएको थियो । त्यसपछि उक्त उडानलाई पाकिस्तानको कराचीमा आपतकालिन ल्यान्डिङ गरिएको थियो । उडानमा रहेका सबै यात्रु सुरक्षित थिए । यात्रुहरुले दुबई जानका लागि अर्को फ्लाइट लिएका थिए ।

त्यसैगरी कांगडादेखि मुम्बई रुटमा उडान भरेको स्पाइसजेट अर्को विमानलाई मुम्बईमा प्रायोरिटी ल्यान्डिङ गराउनु परेको थियो ।

निर्देशनालयका अनुसार स्पाइसजेटको क्यू४०० विमानको विन्डसिल्डमा २३ हजार उचाइमा उडान भर्दा समस्या देखिएको थियो । त्यसपछि तत्काल उक्त फ्लाइटलाई मुम्बईमा ल्यान्ड गरिएको थियो ।

साथै, कलकत्ताबाट चीन जान लागेको स्पाइसजेटको. बोइङ ७३७ बोइङ कार्गो विमानमा रहेको वेदर रडानले काम गर्न बन्द गरेको थियो ।

उक्त उडान कलकत्ताबाट चीनको जोङकिङ जान लागेको थियो । तर वेदर रडानमा खराबी देखिएपछि विमानलाई तत्काल कलकत्ता नै पठाइएको थियो ।