लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फन्ड योजना निष्कासन गर्ने



काठमाडौं । साउन १९ देखि लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फन्ड योजना ‘शुभ लक्ष्मी कोष (खुलामुखी) निष्कासन गर्ने भएको छ ।

प्रति इकाइ १० रुपैयाँका दरले ५ करोड रुपैयाँको फन्ड निष्कासन गर्न लागेको छ । ७५ लाख इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई छुट्याएको छ भने बाँकी ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्कासन गरिने छ ।

फन्डमा साउन २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

यसमा न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने छ । बोर्डबाट सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु