सरकारले मदिरा आयात प्रतिबन्ध गर्दा तस्करी बढ्यो: मदिरा पैठारीकर्ता संघ




काठमाडौं । नेपाल मदिरा पैठारीकर्ता संघले सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा नेपालमा तस्करी बढेको बताएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारको प्रतिबन्धले भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै सीमापारीबाट लोकप्रिय ब्रान्डहरूको ठूलो परीणाममा तस्करी हुन थालेको जानकारी गराइयो ।

नेपाल सरकारले कार, मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेबाट ४५ दिनका लागि थप गरेको छ । आयातित मदिराजन्य पदार्थहरुमा यो निर्णय तत्काल फिर्ता नगरिए यसले प्रतिकुल प्रभाव पार्ने संघका अध्यक्ष अनिल अग्रवालले बताए ।

बोतलबंद आयातित मदिराजन्य पदार्थहरुमा वार्षिक लगभग १ करोड २० लाख अमेरीकी डलर (१५० करोड रुपैयाँ) मात्र खपत हुँदै आएको छ ।

सरकारले बातलबद आयातित मदिराजन्य पदार्थहरुबाट वार्षिक लगभग ३३० करोड राजश्व प्राप्त गर्छ जुनकी वार्षिक बाहिरिने विदेशी मुद्राको दुई गुनाभन्दा बढी हुन्छ ।

‘हालमा उपलब्धताको कमीले बजारमा केही अन्तराष्ट्रिय ब्राण्डहरुको नक्कली र इप्लिकेट सामानको उपलब्धता देखिन थालेको छ जसले अब नेपाली समाजमा व्यापक रुपमा जनस्थास्थ्यमा प्रतिकल असर पार्न थालेको छ,’ उनले भने, ‘नेपालमा उच्च भन्सार शुल्क र अन्त: शुल्कका कारण नेपाल र भारतीयको मूल्यमा ठूलो अन्तर भएकोले भारतका उत्तरप्रदेश र पश्चिम बंगाल हुदै सीमापारीबाट लोकप्रिय ब्राण्डहरुको ठूलो परिमाणमा तस्करी हुन थालेकोछ ।’

त्यसैगरी, होटल, रेस्टुरेन्ट र बारहरुले ठूलो आय आर्जनको क्षमता गुमाउदै गएको उल्लेख गरे । साथै, बढ्दो लागतको दबावले होटलहरूले कर्मचारीहरुलाई हटाउन बाध्य हुने र यसले व्यापकरुपमा बेरोजगारी निम्त्याउने उनको भनाइ छ ।

नेपालमा औसतमा लगभग लिटरमा १५ डलर मुद्रा विदेशी मुद्रा बाहिरिन्छ तर जब यो होटल, रेस्टुरेन्ट र बारहरुल च्यानलमा च्यान्लमा बेचिन्छ तब लिटरमा १२० अमेरिकी डलर राजश्व आर्जन हुन्छ जुन विदेशी मुद्राको ८ गुणा हो । यो सम्पूर्ण मूल्यमा नेपाल भित्रै लिटरमा १०५ अमेरिकी डलर आर्जन हुन्छ ।

साथै प्रतिबन्धको निर्णयले पर्यटनमा नकारात्मक असर पारेको जनाएको छ । ठूलो संख्यामा नेपाल आउने भारतीय पर्यटकहरुले यी अन्तराष्ट्रिय ब्राण्डहरु उपभोग गरिरहेकाछन् । जसले विदेशी मुद्रा आर्जन गर्न योगदान गरिरहेको संघले जनाएको छ । अध्यक्ष अग्रवालले सरकारले उक्त प्रतिबन्ध लगाएको मदिरा आयात खुल्नु पर्ने माग गरे ।

मदिरा व्यवसी महासंघका अध्यक्ष सोनम शेर्पाले मदिरा बन्द गर्नुको साट्टो खोलनुपर्ने बताए । उनले मदिरा प्रतिबन्धले बजारमा तस्करी बढेसँगै सरकारले राजस्वसमेत गुमाइरहेको जिकिर गरे ।

साथै, पर्यटन क्षेत्रमा मदिराको ठूलो योगदान रहेकाले तत्काल खुलाउनुपर्ने जोड दिए ।


क्लिकमान्डु