गरिमा विकास बैंकका ग्राकहले सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने



काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले चितवनको भरतपुरमा रहेको सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने भएका छन् । उक्त छुटका लागि सम्झौता भएको छ ।

सम्झौतापत्र अनुसार बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसमम र फुड एण्ड वेभरेजमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ । बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु