खराब कर्जा घटायो ग्लोबल आइएमई लघुवित्तले, नाफा १०% ले बढ्यो



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नाफा १०.०४ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको संस्थाले गत आवको सोही अवधिमा २५ करोड ५ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो अवधिमा संस्थाको नाफा मात्रै नभएर खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ । जसले गर्दा संस्थालाई नाफामा बढोत्तरी देखिएको छ ।

अघिल्लो असार मसान्तमा ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवको सोही अवधिमा आइपुग्दा ५६ करोड ७८ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस्तै सञ्चालन मुनाफा ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँबाट बढेर ३९ करोड ७६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ४६ करोड ९ लाख ९७ हजार रुपैयाँ रहेको छ । २ अर्ब ९६ करोड १२ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ८ अर्ब २४ करोड २१ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको खराब कर्जा २.६६ प्रतिशतबाट घटेर १.६४ प्रतिशतमा झरेको छ । ४५ रुपैयाँ ३४ पैसा प्रतिसेयर आम्दानी रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा रहेको छ ।


क्लिकमान्डु