सानिमा बैंकले शुरु गर्यो भिडियो केवाईसी सेवा



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ ।

गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेश बाटै अनलाइन खाता खोलेर भिडियो केवाईसीबाट आफ्नो खाता सुचारु गर्न सकिने छ । ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।
यो सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाताखोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नुहुने छ । ग्राहकहरुले अनलाइन खाताखोल्दा यसको विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ ।

प्रमाणीकरण स्वीकृत भएको वान भएको जानकारी ग्राहकलाई इमेल वा फोन कलमार्फत् गरिनेछ । यो सेवा प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मागर्न तथा खाताबाट वार्षिक १ करोड सम्मखर्च गर्न सक्नेछन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम संचालनमा रहेका छन् ।


क्लिकमान्डु