गैह्रिगाउँको कल सेन्टरमा प्रहरीको छापा, रुपन्देहीको घटनासँग कति छ कनेक्सन ?



काठमाडौं । तीनकुनेस्थित गैह्रिगाउँमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा हानेको छ ।

कल सेन्टरबाट कल बाइपास गर्ने, सामाजिक सञ्जालमार्फत ठगी गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको जनाएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले कल सेन्टरमा छापा हानेका जानकारी गराए ।

कल सेन्टरबाट प्रहरीले कम्प्युटर, ल्यापटप लगायतका सामग्री नियन्त्रणमा लिएको उनको भनाइ छ । प्रहरीले काठमाडौंमा मात्रै नभएर आइबार रूपन्देहीको तिलोत्तमा नगरपालिका– २ मा रहेको कल सेन्टरमा छापा हानेको थियो । उक्त कल सेन्टरबाट १५० जना पक्राउ परेका छन् । दुवै कल सेन्टरको काम उस्तै प्रकृतिको देखिएको प्रहरीको भनाइ छ ।

गैह्रिगाउँको कल सेन्टर चिनियाँ नागरिकले चलाएको बुझिएको छ भने रुपेन्देहीको कल सेन्टर भारतीय नागरिकले चलाएको बुझिएको छ । दुवैले सर्वसाधारणको ह्वाट्सप तथा फेसबुकमा चिट्ठा पर्यो भन्दै म्यासेज पठाउने, अश्लील म्यासेज पठाउने जस्ता कार्य गरेको पाइएको छ । रुपन्देही र गैह्रिगाउँमा सञ्चालनमा आएको कल सेन्टरमा केही न केही कनेक्सन हुनसक्ने स्रोतको दाबी छ ।


क्लिकमान्डु