नयाँ आर्थिक वर्ष शुरु भएयता ६४ अर्बले घट्यो निक्षेप



काठमाडौं । नयाँ आर्थिक वर्ष सुरुभए पछि वाणिज्य बैंकबाट ६४ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

६ दिनको अवधिमा बैंकिङ प्रणालीबाट ६४ अर्ब निक्षेप घटेको बैंकर्स संघले जनाएको छ । संघका अनुसार असार मसान्तमा ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा रहेकोमा साउन ६ गतेसम्म आइपुग्दा ६४ अर्बले घटेर ४४ खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँमा सिमित बनेको छ ।

यो अवधिमा बैंकिङ प्रणालीमा निक्षेप मात्रै नभएर कर्जा लगानी समेत १० अर्ब रुपैयाँले घटेको छ । असार अन्तिममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा बैंकहरुले प्रवाह गरेका थिए ।

साउन ६ गतेसम्म आइपुग्दा १० अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६५ अर्बमा सिमित भएको छ । यो अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८७.७५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु