राप्ती हाइड्रोको आइपीओ बाँडफाँट, यसरी सजिलै थाहा पाउनुहोस् नतिजा



काठमाडौं । राप्ती हाइड्रोको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओमा अवोदन दिनेमध्ये गोलाप्रथाबाट २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले सेयर हातपारेका छन् । आइपीओमा १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएकामा १ हजार ४२४ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले असार २९ देखि साउन १ गतेसम्म २३ लाख ६६ हजार २४० कित्ता आइपीओ जारी गरेकामा सर्वसाधारणलाई २१ लाख ७६ हजार ९४० कित्ता छुट्याइएको थियो ।

आइपीओको नजिता बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका साथै राप्ती हाइड्रोको वेबसाइट, मेरो सेयर, सीडीएससीको आइपीओ नतिजा थाहा पाउन बनाइएको वेबसाइटबाट पनि सहजै थाहा पाउन सकिने छ । नतिजा थाहा पाउन केही समय लाग्ने भएको छ ।


क्लिकमान्डु