मन्दाकिनी हाइड्रोपावरको आइपीओ निष्कासन



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २३ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।


क्लिकमान्डु