लुम्बिनी विकास बैंकको नाफामा उल्लेख्य सुधार, अन्य सूचक पनि सकारात्मक



काठमाडौं । गत आर्थिक वर्षमा लुम्बिनी विकास बैंकको नाफा ५५.८६ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको असार मसान्तमा ४३ करोड ३९ लाख ६७ हजार १७९ रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत आवको सोही अवधिमा आइपुग्दा ६७ करोड ५६ लाख ३२ हजार ११३ रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवमा बैंकले ४७ करोड ९२ लाख २६ हजार १६२ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १० लाख रुपैयाँबाट बढेर १ अर्ब ५७ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा ६० करोड ६३ लाख ्र८२ हजार रुपैयाँबाट बढेर ९७ करोड ३ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड ५८ लाख ४० हजार ७०७ रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३८ अर्ब ८ करोड १० लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । २० रुपैयाँ ५७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा रहेको छ ।


क्लिकमान्डु