सिटिजन्स बैंकको नाफा २४.७६% ले बढ्यो, वितरणयोग्य नाफा करिब डेढ अर्ब



काठमाडौं । सिटिजन्स बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

एक वर्षको अवधिमा बैंकका नाफामा २४.७६ प्रतिशतको सुधार आएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

एक वर्षको अवधिमा बैंकले १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार ९३२ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा समेत सुधार देखिएको छ ।

अघिल्लो असार मसान्तमा ३ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा आइपुग्दा ५ अर्ब १२ करोड १२ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ४५ करोड ५२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८४ करोड ९२ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ५२ अर्ब ७९ करोड ८० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३१ अर्ब ६१ करोड २४ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा १.६४ प्रतिशतबाट बढेर १.८७ प्रतिशत पुगेको छ । १५ रुपैयाँ ८५ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।


क्लिकमान्डु