सनराइज बैंकको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?



काठमाडौं । एक वर्षको अवधिमा अवधिमा सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेको छ ।

अघिल्लो असार मसान्तमा १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ रहेकोमा गत असार मसान्तमा आइपुग्दा २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

एक बर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५२ करोड ४० लाख ३ हजार ७५ हजार रहेकोमा ४ अर्ब ५८ करोड २ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा २ अर्ब २७ करोड ७७ लाख १६ हजार रुपैयाँ रहेकोमा गत आवको सोहि अबधिमा आइपुग्दा २ अर्ब ७३ करोड ९ लाख ८१ करोड रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १४ करोड ३३ लाख ९८ हजार ७ सय ४४ रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा बैंकले १ खर्ब ३१ अर्ब ६० करोड ६२ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २० अर्ब १४ करोड ९२ लाख ८९ हजार कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.३९ प्रतिशत बाट १.४० प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ २६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा रहेको छ ।


क्लिकमान्डु