सानिमा बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफ १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार ३२७ रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ७८ लाख २१ हजार ५८० रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको १ अर्ब ४६ करोड ९९ लाख ८६ हजार १४५ रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ७६ करोड ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड ४९ लाख ८७ हजार रुपैयाँ रहेको छ । यस्तै खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोड ९ लाख ५७ हजार रुपैयाँबाट बढेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको छ । १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख निक्षेप संकलन गर्दा बैंकले असार मसान्तसम्म १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.३५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ २४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ०१ पैसा रहेको छ ।


क्लिकमान्डु