लक्ष्मी बैंकको नाफामा सामान्य सुधार



काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ४५ करोड ६८ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब २३ करोड ६० लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २५ करोड ३८ लाख ४ हजार रुपैयाँ रहेको छ ।

बैकको खराब कर्जा ०.७५ प्रतिशतबाट बढेर ०.८९ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १ सय ४७ रुपेइाँ ६९ पैसा रहेको छ ।


क्लिकमान्डु