उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक-फरक हुने



काठमाडौैं । नेपाल राष्ट्र बैंकले उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याउने भएको छ ।

चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फात यस्तो व्यवस्था गरेको हो ।

हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गर्ने भएको छ ।


क्लिकमान्डु