सेयर धितो कर्जामा सामान्य हेरफेर, एउटा संस्था वा समग्र प्रणालीबाट १२ करोडसम्म लिन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको छ ।

अर्थात् यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो ।


क्लिकमान्डु