साउनको तेस्रो साताभित्र बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने



काठमाडौं । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण बैंक तथा वित्तीय संस्थाले साउन २१ गतेभित्र सार्वजनिक गर्नुपर्ने भएको छ ।

गतवर्ष राष्ट्र बैंकले आर्थिक वर्ष सकिएको एक महिनाभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले बिहिबार एकीकृत निर्देशिकामा संसोधन गर्दै साउन २१ भित्र गतवर्षको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय स्तरको पत्रिकामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ ।

बैंकहरुले त्रैमासिक विवरण एकसाताभित्र प्रकाशित गर्नुपर्छ । वाणिज्य बैंकहरुमा एनआईसी एशिया बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छ ।


क्लिकमान्डु