२५ वर्षमा ९५ गुणाले बढ्यो एनआईसी एसिया बैंकका लगानीकर्ताको सम्पत्ति



काठमाडौं । एनआईसी एसिया बैंकमा २५ वर्षअघि लगानी गर्ने लगानीकर्ताको सम्पत्ति ९५ गुणाले बढेको छ ।

आर्थिक वर्ष २०५६/५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताको सम्पत्ति हालको बजार मूल्यमा गणना गर्दा प्रतिकित्ता ९ हजार ५२० रुपैयाँ ९७ पैसा पुगेको छ । जुन ९५ गुणाले बढी हो ।

स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको बैंकले जनाएको छ ।

गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै ३ अर्ब ४१ करोड रुपैयाँभन्दाबढी राजस्व सरकारलाई बुझाएको छ । र, यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दाबढी कर भएको बैंकको दाबी छ ।

बैंकले आव २०७८/७९ को चौथो त्रैमाससम्म १२ लाखभन्दाबढी नयाँ खाता खोलेको छ । जसले अहिले खाताको संख्या ४० लाखभन्दाबढी बढी भएको बैंकले जनाएको छ ।

बैंकले कुल कर्जा लगानीमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेको छ ।

हाल बैंकले देशभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा बिस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु