सेयर बजारसँगै घट्यो कारोबार रकम



काठमाडौं । सेयर बजारमा आएको गिरावटसँगैं कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा रोकिएको छ ।

२२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ हजार कित्ता सेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर ३९१.६४ बिन्दुमा रोकिएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको २.२९, अन्य समूहको उपसूचक १६.५५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

यो दिनको कारोबारमा सेन्ट्रल फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने किसान लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरन्स कर्पोरेशन नेपालका लगानीकताएले गुमाएका छन् ।

शिवम सिमेन्ट कम्पनी कारोबार रकमका आधारमा अगाडि रहेको छ । कम्पनीको १७ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया र्बैंक र नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।


क्लिकमान्डु