मेरो फोटोको ट्रोल बनाउनेको भान्सा सस्तो होस्ः प्रदीप ज्ञवाली
काठमाडौं । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आफूले अमेरिकामा खाना खाएको फोटो फोटोशपबाट जोडेर ट्रोल बनाएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद ज्ञवालीले आफूले मूल्य वृद्धिको विषयमा कुरा गर्दा आफू ट्रोल बनेको बताए । ‘मैले अमेरिकामा खाना खाँदै गरेको फोटो जोडेर मलाई ट्रोल गरियो यसले कसैको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना,’ उनले भने ।
उनले नेपालमा मूल्यवृद्धि अचाक्ली बढेको र यो विषयलाई विषयान्तर गर्न नहुने तर्क गरे । मूल्यवृद्धि रोक्न सुपथ मूल्य पसल खोल्न, बजार अनुगमन पनि गर्न आग्रह गरे ।