सिभिल बैंकको दोब्बर, तेब्बर भुक्तानी दिने मुद्दती योजना सार्वजनिक



काठमाडौं । सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु ‘दोब्बर प्लस र तेब्बर प्लस’ योजना ल्याएको छ ।

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक दश लाखसम्मको जीवन बीमा सुबिधा (रिलायन्स लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा) र दश लाखको दुर्घटना बीमा सुबिधा (अजोड इन्स्योरेन्ससँगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराइने भएको छ ।
६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् ।

मुद्दती अवधिकोबीचमा कुनै कारणबस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पाइने छ ।
बैंकले बचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्दै आईरहेको छ ।

११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्पmत सेवा प्रदान गरिरहेकोे छ । साथै बैंकले गत आषाढ मसान्त सम्म ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।


क्लिकमान्डु