एनआइसी एसिया बैंकको नाफा ३८.८६% ले बढ्यो, वितरणयोग्य नाफा सवा २ अर्ब



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एनआइसी एसिया बैंकले ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकमो नाफा ३ अर्ब २५ करोड ८९ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा ३८.८६ प्रतिशतले बढेको छ ।

असार मसान्तमा आइपुग्दा बैंकको वितरणयोग्य नाफा २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नाफामा परेको छ । अघिल्लो आवको असार मसान्तमा ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आइपुग्दा ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा ४ अर्ब ७९ करोड ८२ लाख २८ हजार रुपैयाँबाट बढेर ६ अर्ब ४० करोड ९९ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ७४ करोड ३६ लाख ४५ हजार रुपैयाँ रहेको छ । २ खर्ब ८९ अर्ब ९० करोड ३९ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ५२ अर्ब ४४ करोड ३४ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ५२ पैसा रहेको छ । बैंकको खराब कर्जा भने ०.४९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु