सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबारको कारोबारमा बजार सामान्य अंकले बढ्दा कारोबार रकममा पनि धेरै सुधार आउन सकेको छैन ।

बजार मापन गर्ने सूचक ४.८९ अंकले बढेर परिसूचक २०५०.५९ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले बढेर ३९२.५० बिन्दुमा रोकिएको छ ।

२१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.६२, जलविद्युत १२.६२, जीवन बीमा समूहको उपसूचक २८.२२ अंकले घटेको छ भने विकास बैंक ५.३५, वित्त कम्पनी ३१.३६, उत्पादन तथा प्रशोधन समूहको ६३.४२, माइक्रोफाइनान्स ७.९९, निर्जीबन बीमा समूहको उपसूचक ५६.१९ अंकले बढेको छ ।

यो दिनको कारोबारमा मल्टिप्रपोज फाइनान्स, कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स कर्पोरेशन, गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी इक्विटी फण्ड, इमर्जिङ नेपाल, सांग्रिला विकास बैंकको ऋणपत्र, बैंक अफ काठमाण्डूको ऋणपत्र, सिभिल बैंंकको ऋणपत्रमा गर्ने लगानीकर्ताले गुमाएका छन् ।

बुधबार शिवम् सिमेन्टको धेरै रकमको कारोबार भएको छ । कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र आइसीएफसी फाइनान्स रहेको छ ।


क्लिकमान्डु