विदेश घुम्न जानेले एअरपोर्टको मनी चेन्जरमा २ सय डलरभन्दा बढी साट्न नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा निस्कने नेपालीलाई डलर साट्न पाउने सुविधालाई घटाएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने व्यक्तिले एअरपोर्टको मनी चेन्जरबाट २ सय डलरभन्दा बढी साट्न नपाइने व्यवस्था लागू गरेको छ ।

वाणिज्य बैंकबाट भने १५ सय डलरको सटही सुविधा पाउने व्यवस्था छ ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीले पाउने सुविधामा कटौती गरेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८३ अर्ब रुपैयाँ नेपालीहरुले विदेश भ्रमणको क्रममा खर्च गरेका छन् ।


क्लिकमान्डु