एक महिनामा वाणिज्य बैंकले संकलन गरे १ खर्ब ४० अर्ब निक्षेप, कुन बैंकले कति ?



काठमाडौं । असार महिनामा वाणिज्य बैंकले १ खर्ब ४० अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

सञ्चालनमा रहेका वाणिज्य बैंकले एक महिनामा १ खर्ब ४० अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् । २७ वटा वाणिज्य बैंकमध्ये असार महिनामा सबैभन्दा बढी निक्षेप नबिल बैंकले ८७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस्तै कुमारी बैंकले १४ अर्ब २७ करोड, सेञ्चुरी बैंकले ९ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । नेपाल बैंकर्स संघका अनुसार असारमा कृषि विकास बैंकले ६ अर्ब १८ करोड, बैंक अफ काठमाण्डूले ५ अर्ब २६ करोड, सिटिजन्स बैंक८ अर्ब ४१ करोड, सिभिल बैंक ३ अर्ब २४ करोड, एभरेष्ट बैंकले ८ अर्ब ४८ करोड, ग्लोबल आइएमई बैंक ७ अर्ब ६१ करोड रुपैयाँ निक्षेप थपेको छ ।

यस्तै हिमालयन बैंकले २ अर्ब ४७ करोड, लक्ष्मी बैंक २ अर्ब ५० करोड, माच्छापुच्छ«े बैंक ६ अर्ब २० करोड, मेगा बैंक ३ अर्ब ६४ करोड, नेपाल बैंक ७ अर्ब ७१ करोड, एनसीसी बैंकले ८ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ४ करोड, एनआईसी एसिया बैंकले १ अर्ब १६ करोड, एनएमबि बैैंकले २ अर्ब ९६ करोड, नेपाल एसबीआई बैंकले २ अर्ब ४० करोड, प्रभु बैंक ९ अर्ब ७७ करोड, प्राइम बैंक ५ अर्ब ४५ करोड राष्ट्रिय वाणिज्य बैैंकले ८ अर्ब ११ करोड, सानिमा बैंकले ९ अर्ब ७४ करोड, सिद्धार्थ बैंक २ अर्ब ९३ करोड र सनराइज बैंकले ३ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । असार मसान्तसम्म वाणिज्य बैैंकले ४५ अर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।


क्लिकमान्डु