देशभर ६० प्रतिशत मात्रै धान रोपाईं



काठमाडौं । यो वर्षको असार २८ गतेसम्ममा ६० प्रतिशत धान रोपाई भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार २८ गतेसम्ममा ६० प्रतिशत रोपाई भएको जनाएको छ ।

नेपालमा १५ लाख ४ हजार ४८६ हेक्टर क्षेत्रफलमा रोपाइ हुने अनुमान गरेको छ । तर, हालसम्ममा ८ लाख ९९ हजरा ३३७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइ भएको मन्त्रालयले जनाएको छ ।

गत वर्षको असार ३१ गतेसम्ममा देशभर ७६ प्रतिशत धान रोपाइ भएको थियो । जसमा सो वर्ष १५ लाख हेक्टर क्षेत्रफलमध्ये १ ११ लाख ३६ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइ भएको थियो ।

यो वर्षको देशभर भएको धान रोपाइमध्ये सुदूरपश्चिम प्रदेशमा बढी भएको छ । सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत अर्थात् १ लाख ५५ हजार ८७८ हेक्टर क्षेत्रफलमा धान रोपाइ भइसकेको मन्त्रालयको तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यसैगरी गण्डकी प्रदेशमा ७९ हजार ७०१ हेक्टर क्षेत्रफल (७९ प्रतिशत), लुम्विनी प्रदेशमा २ लाख ३९ हजरा २७७ हेक्टर क्षेत्रफल (७५ प्रतिशत), बाग्मती प्रदेशमा ७८ हजार ७९५ हेक्टर क्षेत्रफल (६५ प्रतिशत), कर्णाली प्रदेशमा २१ हजार ८९४ हेक्टर क्षेत्रफल (५६ प्रतिशत), प्रदेश नम्बर १ मा १ लाख ६५ हजरा ७७१ हेक्टर क्षेत्रफल (४९ प्रतिशत) र मधेस प्रदेशमा १ लाख ५८ हजार हेक्टर क्षेत्रफल (३९ प्रतिशत) धान रोपाइ भएको छ ।

कृषि विभागवाट प्रदेशसँगको समन्वयमा तयार गरिएको धान रोपाइ यस वर्ष असार ३२ सम्ममा ६८ प्रतिशत रोपाइ हुने देखिएको मन्त्रालयको भनाइ छ ।

यस हिसाबले गत वर्षको तुलनामा करिव ८ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको मन्त्रालयको अनुमान छ । विशेषगरि प्रदेश नं १, मधेश प्रदेश र लुम्विनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण यो कमी देखिएको हो । मनसुन शुरु हुनासाथ श्रावण १०–१५ सम्म सामान्य हिसावले ती प्रदेशमा रोपाइ हुने भएकोले हालसम्म मन्त्रालयले विगत वर्षहरुमा जस्तै लगभग शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान रहेको छ ।


क्लिकमान्डु