मौद्रिक नीति आउने दिन नजिकीदै गर्दा सेयर बजारमा हरियाली



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

साउनको पहिलो दिन आइतबार बजारमा सामान्य गिरावट आएको भएपनि दोस्रो दिनको कारोबारमा भने सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बेला बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १८.०३ अंकले बढेर परिसूचक २०२९.४३ बिन्दुमा रोकिएको छ । २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९५९ रुपैयाँको सेयर किनेबच भएको छ । कारोबारमा बैंकिङ समूहको २.०१, विकास बैंक ३२.०३, वित्त कम्पनी २२.५२, जलविद्युत २६.८३, जीवन बीमा ११७.०६, उत्पादन तथा प्रशोधन ३७.७२, माइक्रोफाइनान्स ३०.२९, निर्जीबन बीमा समूहको उपसूचक १०८.४९ बिन्दुले बढेको छ ।

कारोबारमा बरुण हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै इनर्जिङ नेपाल चन्द्रागिरी हिल्स, अपी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ३४ लाख ८१ हजार ५२२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एशियन लाइफ इन्स्योरेन्स र अपी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु