नागरिक लगानी कोषको अध्यक्षमा गुल्मीका प्रा.डा थापा नियुक्त



काठमाडौं । सरकारले नागरिक लगानी कोषको सञ्चालक समितिको अध्यक्षमा गुल्मीका प्रा.डा. सूर्य बहादुर थापालाई नियुक्त गरेको छ ।

असार २१ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार तीन वर्षका लागि कोषको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको अर्थमन्त्रालयलेल जनाएको छ ।

प्रा.डा. थापालाई कोषको ऐन, २०४७ (संशोधन सहित) को दफा २५ को उपदफा (१) को खण्ड (क) तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड–२०७३ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।


क्लिकमान्डु