
काठमाडौं । घोराही सिमेन्टले प्रतिकित्ता ४३५ रुपैयाँका दरले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।
त्यसका लागि नागरिक लगानी कोषले घोराही सिमेन्टको प्रत्याभूति गर्ने भएको छ ।
कम्पनीले ७९ लाख ४३ हजार ८ सय एक कित्ता सेयरको परल मुल्यमा एक सय रुपैयाँमा प्रिमियम बापत तीन सय ३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँको सेयरको प्रत्याभुति गर्नेछ ।
सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।








प्रतिक्रिया