हिमालयन बैंकः एक वर्षमा २२ अर्बले निक्षेप बढ्दा २३ अर्बले कर्जा बढ्यो, सीडी रेसियो ८८ प्रतिशत



काठमाडौं । एक वर्षको अवधिमा हिमालयन बैंकले २२ अर्ब रुपैयाँ (१४.८१ प्रतिशत) ले निक्षेप बढाएको छ भने कर्जा २३ अर्ब रुपैयाँ (१७.७५ प्रतिशत)ले बढाएको छ ।

बैंकले आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा १ खर्ब ७१ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७८ असार मसान्तसम्ममा बैंकले १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

निक्षेपभन्दा बढी कर्जा बढाएपछि बैंकको सीडी रेसियो र एलडी रेसियोमा निकै टाइट हुन पुगेको छ । ०७९ असार मसान्तमा बैंकको सीडी रेसियो ८८ प्रतिशत छ भने तरलता अनुपात २३.१७ प्रतिशत कायम भएको छ ।


क्लिकमान्डु