एक वर्षमा १३ अर्बले बढ्यो प्रभु बैंकको निक्षेप, कर्जा ८ अर्बले मात्रै



काठमाडौं । प्रभु बैंकले एक वर्षमा १३ अर्ब रुपैयाँले निक्षेप बढाएको छ भने कर्जा ८ अर्ब रुपैयाँले बढाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोछ । बैंकको एलडी रेसियो २६ प्रतिशत छ ।

अघिल्लो वर्ष निकै आक्रामक बनेको बैंक गत आर्थिक वर्ष भने केही सुस्त देखिएको हो । यद्यपि कर्जाभन्दा ५ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेको छ ।


क्लिकमान्डु