मौद्रिक नीति कुर्दै लगानीकर्ता, सेयर बजारमा देखिएन उत्साह



काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा निकै उतार चढाब देखिएको छ । उतार चढाबकाबीच बजारमा सामान्य सुधार देखिएको छ ।

पछिल्लो समय सेयर लगानीकर्ता केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिको प्रतिक्षामा रहेका कारण बजार सामान्य अवस्थामा रोकिएको जानकार लगानीकर्ता बताउँछन् ।

आइतबार बजार मापन गर्ने सूचक १.९३ अंकले बढेर परिसूचक २०११.३९ बिन्दुमा रोकिएको छ । २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता सेयर १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ८.५४, जीवन बीमा १५.२१, उत्पादन तथा प्रशोधन ४३.५५, ट्रेडिङ समूहको उपसूचक ८.५३ अंकले बढेको छ ।

यस्तै विकास बैंक समूहको १.४६, वित्त कम्पनी ११.५६, जलविद्युत २६.३६, माइक्रोफाइनान्स १७.१८, निर्जीबन बीमा समूहको उपसूचक ६.९६ अंकले घटेको छ ।

कारोबारमा राधी विद्युत कम्पनी, प्रभु बैंक, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, कुमारी बैंकका लगानीकर्ताले कमाएका छन् भने प्रभु सेलेक्ट फण्ड, सामुदायिक लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड–३, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको धेरै रकमको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी, अरुण काबेली पावर रहेको छ ।


क्लिकमान्डु