छुट्ला है राप्ती हाइड्रोको आईपीओमा आवेदन दिन



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले निष्कासन गरेको २३ लाख ६६ हजार २४० कित्ता मध्ये ७० हजार ९८८ कित्ता कर्मचारी, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु