कान्तिपुर टेलिभिजनले आइपीओ निष्कासन गर्ने



काठमाडौं । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

टेलिभिजन २०औं बार्षिक उत्सवका अवसरमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आइपीओ निष्कासन निष्कासन गर्ने बताएका छन् ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले सात करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

आइपीओ निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

अध्यक्ष सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु